नेपाली कांग्रेसको १२औं महाधिवेसन(२०६७ असोज)बाट सभापतिमा सुशील कोइराला निर्वाचित भए। सुरुआती समयमा तोकिएका काम गरेनन्। तत्कालिन सभापति कोइरालाले २०६९ जेठमा आएर प्रमुख भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दलसहित आदिवासी जनजाति संघ, प्रजातान्त्रिक सेनानी संघ, नेपाल मगर संघ र नेपाल किसान संघ विघटन गरे। विधानले दिएको अवधिलाई पार गरी विभाग गठन गरे।
त्यसपछि संस्थापन इतर समूहमा रहेका शेरबहादुर देउवा आक्रोसित भए। संस्थापन पक्षले माग सुनुवाइ नगरेको भन्दै देउवा समुह विरोधमै उत्रियो। आफूलगायत समूहका नेताहरुले केन्द्रीय समितिबाटै राजीनामा दिए। केन्द्रीय कार्यालयमा अनसन बस्नेसम्मका आन्दोलनका कार्यक्रम गरे ।
भ्रातृ संस्था भंग र विधानले दिएको समयसीमापछि विभाग गठन भएपछि देउवा पक्ष विरोधमा उत्रिएको थियो। आफू निकटलाई देउवाले केन्द्रीय कार्यालयमा अनसन बसाए। भलै राजीनामा स्वीकृत भएन। देउवा ९ महिनासम्म केन्द्रीय समितिको बैठकमा उपस्थित भएनन्।
२०६९ को जेठमा प्रमुख तीन भ्रातृ संस्थामा भागबण्डासहित तदर्थ समिति बनाउने सहमति भयो। विभाग गठनको निर्णय कोइरालाले फिर्ता गरे। महिला संघ र तरुण दलको नेतृत्व आफ्नो पक्षका भएपछि देउवा केन्द्रीय समितिमा सहभागी हुन राजी भए।
१३औं महाधिवेसनमा देउवा सभापपतिमै विजयी भए।
अहिले कांग्रेस १४औं महाधिवेसन निकट छ। तोकिएको समयमै हुने निश्चित नभए पनि पार्टीमा ठ्याक्कै त्यही अवस्था छ। जुन देउवाले गरेका थिए। १२औं महाधिवेसनमा सभापति जितेको कोइराला अहिले छैनन्।
र यो पनि पढ्नुहोस् :
कांग्रेस महाधिवेशन पनि तोकिएकै समयमा नहुने संकेत
अहिले देउवा संस्थापन पक्षमा छन्। देउवाले पनि विधानले तोकेको समयावधिमा काम गर्न सकेनन्। अहिले विधान उल्लंघन गर्दै भए पनि विभाग गठन गरिरहेका छन्। विभाग गठन गर्दा उनले संस्थापनइतर समूहसँग सल्लाह गरेनन्। अहिले इतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। देउवाले कोइरालाको शैली अपनाएपछि संस्थापनइतर समूहले देउवाको लिगेसी पछ्याउनै पर्यो।
पौडेल समूह पनि देउवाले गरेका निर्णय फिर्ता गराउन अनशनसम्मको रणनीति बनाइरहेको छ।
एकलौटी गरेका निर्णय फिर्ता गराउन पौडेलको समूहले सभापति देउवाको ध्यानाकर्षण पनि गराएको थियो। तर सुनुवाइ नहुने भएपछि पौडेल समूहले चरणबद्ध संघर्षका कार्यक्रम गर्ने भएको हो।
पौडेल पक्षले उठाएका माग सम्वोधन नगर्ने संस्थापन पक्षले जनाउ दिइसकेका छन्। कोरोना प्रभावका कारणले प्रत्यक्ष भेटघाट हुन नसके पनि पौडेल पक्षले आफूपक्षीय नेता र जिल्ला सभापतिहरुको भर्चुअल मिटिङ भने निरन्तर गरिरहेको छ। पौडेल पक्षले असोज १९ सम्मको समयावधि दिएको छ। असोज १९ मा बोलाइएको केन्द्रीय समिति बैठकअघि आफूहरुले उठाएका माग सुनुवाइ हुनुपर्ने पौडेल पक्षको माग छ।
आफ्नैबाट अफ्ठ्यारोमा देउवा
१४औं महाधिवेशनको संघारमा आइपुग्दा देउवा आफूनिकटबाटै अप्ठेरोमा परेका छन्। १३औं महाधिवेशनमा एउटै प्यानलबाट प्रत्याशी बनेकाहरू सबैभन्दा चुनौती बनेर देखिएका छन् । अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार बनेकाहरुरु नै अहिले उनीसँग सन्तुष्ट छैनन्।
आफूनिकटका नेता एवं उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि तयारी थालेपछि देउवासामु चुनौती थपिएको छ।
र यो पनि पढ्नुहोस् :
संवैधानिक संकटउन्मुख कांग्रेस, महाधिवेशन नभए के हुन्छ ?
देउवा र निधि दुवै नेतृत्वको प्रतिस्पर्धामा उत्रिए अहिलेकै अवस्थामा महाधिवेशनको परिणाम उनीहरूको पक्षमा नपर्ने विश्लेषण संस्थापन पक्षका नेताहरूको छ ।
अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन्।
केही समयअगाडी सभापतिको ‘रेस’मा बुढाको रमिता, के गर्दैछन् युवा नेता ! शीर्षकको स्टोरी तपाइले पढ्न छुटाउनु भएको छ भने तलको लिंकमा क्लिक गरेर पढ्न सक्नुहुन्छ ।