नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफलमा जुटेका छन्। तर, मन्त्रीमा कस्लाई राख्ने र कस्लाई हटाउने भन्ने विषय अहिलेसम्म टुङ्गोमा पुगेको छैन ।
यसैक्रममा अध्यक्षद्वय विच खानेपानी मन्त्री विना मगरेको षियमा पनि छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले ‘बिनालाई के गर्ने हो?’ भनेर प्रचण्डलाई सोधेका थिए । जवाफमा प्रचण्डले कुनै जवाफ नदिएर मुस्कुराएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली विना मगरेको कार्य सम्पादनवाट सन्तुष्ट छैनन् । उनलाई हटाएर नयाँ अनुहार ल्याउने सोचमा छन्– ओली । तर, पार्टी एकताको विषयमा भर्खरै सहमति गरेको र पार्टी फुटनवाट जोगाएको सन्देश दिन प्रचण्डको राय लिएरै अगाडि वढ्नु पर्ने ओलीको वाध्यता छ। यहि फाईदा उठाएर प्रचण्ड वुहारीलाई मन्त्रीमा निरन्तरता दिन चाहान्छन्।
६ असोजको सचिवालय बैठकयता दुवै अध्यक्ष लगातार छलफलमा छन् । दुई अध्यक्ष विच वामदेव गौतमलाई मन्त्री वनाउने विषमा पनि सहमति वन्न सकेको छैन । ओली १४ असोज अघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहान्छन्। तर, प्रचण्ड भने सर्वोच्च अदालतमा विचाराधीन रहेको गौतमको मुद्दा टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् पुनर्गठनको काम रोक्नु पर्ने सोचमा छन् ।
प्रचण्डले उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री वनाउन ओलीलाई भनिरहेका छन् । तर, ओली भने गौतमलाई सरकारमा ल्याउँदा उपप्रधानमन्त्री वनाउनु पर्ने भएकाले समीकरण विग्रने चिन्तामा छन् ।
छलफलमा सहमति जुटेमा जतिसक्दो चाँडो मन्त्री परिषद पुनर्गठन गर्ने सोचमा ओली रहेको श्रोतले जनाएको छ । अध्यक्षयद्वयबीच तीनवटा मन्त्रालय टुक्र्याएर २४ वनाउने विषयमा भने सहिमति जुटिसकेको छ।
जबजब मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्छ, अनि सुरु हुन्छ कसको पद धरापमा? को–को मन्त्री फेरिदैंछन्? को–को भित्रिदैछन्? यी हुन सम्भावित दावेदार! विभिन्न सञ्चार माध्यमका समाचार शीर्षक बन्छन्। चर्चा र बहस हुन्छ। राजनीतिक वृत्त नै तात्छ। दावेदारहरु पनि शीर्ष नेताका ढोका चहार्न थाल्छन्। गुटका नेतालाई हारगुहार माग्छन्। गुटउपगुटका कोठे बैठक हुन्छन्। हटाउने र थप्ने नाम छान्न सकस पर्छ।
चर्चामा खानेपानी मन्त्री विना मगरको नाम प्रायः गुमनाम हुन्छ। ‘डेन्जर जोन’मा पनि उनको नाम आउदैन। सत्तारुढ नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मगरलाई मन्त्री पद जोगाउन कसैको ढोका चहार्न पर्दैन। त्यसपछि मानिसहरु प्रश्न गर्न थाल्छन्, ‘उनको बहिर्गमन आवश्यक छैन? उनी फेरिन पर्दैन? उनले कुन चाहि चमत्कारिक काम गरिन्?’ यस्ता प्रश्नलाई अस्वभावित रुपमा पनि लिन सकिदैन।