बलिउड सुशान्त सिंह राजपूतको मृत्युप्रकरणमा सार्वजनिक भएको बलिउड ड्र ग कनेक्सनमा शनिबार एनसीबीले दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ गरेको छ ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गरेको थियो ।
एनसीबीले दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ड्र ग्स च्याटको कुरा स्विकार त गरे तर दुबैले सिधा जवाफ नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
तर सारा र श्रद्धाले भने ड्र ग्स सेवन गर्ने नगरेको दाबी गरेका छन् ।
एक्लिइन् सारा
बलिउडमा भर्खरै उदाउँदै गरेकी नव नायिका सारा अलि खान यतिबेला सुशान्तको ड्र’ ग्स केसमा तानिएकी छन् । यतिबेला सैफअलि खानकी प्यारी छोरी साराअलि खान एनसीबीको समनलाई पच्छ्याउँदै बयानकालागी एनसीबीले बोलाएको समयमा एनसीबी अफिसमा उपस्थित भईरहेकी छिन् ।
उता बाबु सैफअलि भने आफ्नी दोश्रो श्रीमती करिना कपुर खान र छोरा तैमुरसंग मुम्बईमा सारा एक्लै छोडेर आफ्नै गाउँमा गएका छन् । सैफअलिको यो व्यवहारलाई धेरैले आफ्नै छोरी साराको पक्षमा न्याय नगरेको भन्ने टिप्पणी गरेका छ्न् भने धेरैले सैफअलिले नाबालक तैमुरको भविष्य सोंचेर उस्को बृद्धि र बिकासकोलागी जे गरे ठीक गरे भन्ने जस्ता टिकाटिप्पणी पनि गरिरहेका छन् ।
खबरका अनुसार सैफअलि खानलाई करिनाले साराको मद्यत कुुनै पनि हालतमा नगर्न भनेको हुनाले सैफअलिले त्यसो गरेका हुन् भन्ने पनि बुझिएको छ । करिनाले यदि सैफअलिले सारालाई सहयोग गर्न चाहे भने आफुले छोरा तैमुरको कस्टडी आफैसंग राखेर सैफअलिलाई डिर्भोस दिने कुरा गरेको हुनाले सैफअलिले चाहेर पनि छोरी सारालाई सहयोग नगरेको समाचारहरु बाहिरिएको छ ।
यता सारालाई बाबुको सहयोगको खाँचो परेको बेला आफुुलाई एक्लै छोडेको हुनाले सारा निकै नै टुटिसकेको पनि बताईएको छ । साराकी आमा अमृताले पनि यतिबेला पुर्वपति सैफअलिलाई सम्पर्क गर्ने अनेक कोसिस गरि रहेकी छन् । तर सैफअलिले न छोरी साराको न त पुर्वपत्नि अमृताको कसैको पनि फोनको जवाफ दिएका छैनन् । खबरका अनुसार सैफअलिको फोन करिनाले जफत गरेको बताईएको छ ।
२५ वर्षकी सारा सुशान्तको ड्र’ ग्स केसमा तानिरहेको बेला आफ्नै बाबुले पनि साथ छोडिदिंदा उनको फिल्मी करियरको यात्रा सकिने पक्का भएको छ । अप्ठ्यारो पर्दाको अवस्थामा बाबुले आफ्नो साथ छोडिदिंदा साराले अब आफ्नो लडाई आफैं लड्नु पर्ने भएको छ । खबरका अनुसार साराले बाबुु सैफअलिलाई बाचा कबुल गराएर आफुबाट टाढा लगेको र आफुलाई सहयोग गर्न नदिएको भन्दै अब साराले करिनाको पनि एनसीबी सामु पोल खोल्ने बताईएको छ ।