पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय २ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ५ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ९ सय २ सहित देशभर १ हजार ५ सय ५९ जनाको नमूना पोजेटिभ आएको हो ।
योसहित नेपालमा कूल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । तीमध्ये ४ सय ९८ जनाको निधन भएको छ भने ५६ हजार ४ सय २८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
आज भेटिएका संक्रमित मध्ये काठमाडौं जिल्लामा ६ सय ९७ जना भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जना हुन् ।
ज्यान गुमाउने ७ जनामामध्ये ३ जना काठमाडौं उपत्यकाकै रहेका छन् ।
काठमाडौं जिल्लामा ३४ र ८६ वर्षिया महिला ५४ वर्षीय पुरुषको गत २४ घन्टामा कोरोनाकै कारण निधन भएको हो ।
र यो पनि पढ्नुहोस् :
१,५५९ मा कोरोना पुष्टि