पछिल्लो २४ घन्टामा नेपालमा १५ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ नयाँ कोरोना भाइरसका बिरामीहरु फेला परेका हुन् ।
योसहित नेपालमा कूल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । तीमध्ये ४ सय ९८ जनाको निधन भएको छ भने ५६ हजार ४ सय २८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घन्टामा १ हजार ५७ जना निको भएका हुन् भने ७ जनाले ज्यान गुमाएका छन् ।
अहिले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ ।