मुम्वई प्रहरीले निर्देशक अनुराग कश्यपलाई प्रहरी थानामा उपस्थित हुन भनेको छ। अभिनेत्री पायल घोषले अनुरागका विरुद्ध यौ न उत्पी डन मामिलामा एफआईआर दर्ता गरेपछि प्रहरीले उनलाई बोलाएको हो।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले अनुराग कश्यपलाई वर्सोवा प्रहरी स्टेसनमा उपस्थित हुन भनेको छ। एक अधिकारीका अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३७६ (I) बाट घटनाबारे अनुसन्धान गरिरहेको छ।
यस अघि पायलले अनुरागविरुद्ध कुनै कारवाही भएन भने अनसन बस्ने बताएकी थिइन्। पायलले अनुराग प्रभावशाली व्यक्ति भएकोले एफआईआर दर्ता गर्दा पनि पक्राउ नगरेको आरोप लगाएकी थिइन्।
अनुराग कश्यपको समर्थनमा बोले २ पुर्व श्रीमती र साथीहरु..
बलिउड फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौ न शोषणको आरोप लगाएकी छिन् । यसमा उनकी पहिलो श्रीमती आरती बजाज उनको समर्थनमा आएकी छिन् । निर्देशककी पूर्व–श्रीमती आरतीले अनुराग कश्यपको एक ट्वीटको स्क्रिनसट साझा गरेकी छिन् ।
उनले लेखिन्, ‘म जेठी श्रीमती हुँ । अनुराग कश्यप तपाईं एक रकस्टार हुनुहुन्छ । महिलालाई सधैं झैं सशस्त गरिरहनुहोस् र उनका लागि सबैभन्दा सुरक्षित स्थान बनाइरहनुहोस् । म यो सबैकुरा हाम्रा छोरीका लागि देख्छु । यहाँ कोही पनि इमान्दार छैनन् र संसार हारेका र दिमाग नभएका मानिसहरुले भरिएको छ ।’
https://www.instagram.com/p/CFWgPa9JFZ2/?utm_source=ig_embed
उनले थपिन्, ‘घृणाका लागि लाग्ने ऊर्जा यदि कोही राम्रा काममा लगाउने हो भने संसार एक उत्कृष्ट स्थान बन्न सक्छ । मैले अहिलेसम्म जे देखेँ, यो तीमध्ये सबैभन्दा घटिया व्यवहार हो । सुरुमा मलाई यो पढेर निकै रिस उठ्यो र त्यसपछि म बेस्सरी हाँसे किनभने यो बनावटी बाहेक अरु केही हुन सक्दैन । तपाईंले यी सब झेल्नुपरेको छ, यसका लागि मलाई माफ गर्नुहोस् । उनीहरुको यहि स्तर हो । तपाईं आफ्नो आवाज प्रयोग गरिरहनुहोस् । हामी सबै तपाईंलाई प्रेम गर्छौं ।’
त्यस्तै दोस्रो श्रीमतीले पनि समर्थन गरेको छिन् ।
ट्रोल्स tho ट्रॉल करेंगें pic.twitter.com/tMl7GlRU6o
— Kalki केकला (@kalkikanmani) September 21, 2020