आज (बुधबार) सुनचाँदीको मुल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य अघिल्लो दिन (मंगलबार) को तुलनामा तोलामा ५ सय रुपैंया बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ७ सय र तेजावी सुन ९४ हजार २ सय मा कारोबार भैरहेको छ ।
सुनको मुल्य उकालो लाग्दा चाँदीको मुल्य पनि केही मात्रामा बढेको छ । अघिल्लो दिन (मंगलबार) को तुलनामा चाँदीको मुल्य तोलामा १५ रुपैंया बढेर आज ११ सय ९० मा कारोबार भैरहेको छ ।