तपाई हामी सम्बन्ध बिग्रिनुमा कसै न कसैको गल्ती देख्छौ । बास्तवमा हो नै कसैको गल्तीकै कारण सम्बन्ध बिग्रिन्छ, विच्छेद हुन्छ । तर त्यो गल्ती गराउँनेपनि ग्रहहरुको खेल हो । श्रीमान श्रीमती एक अर्कामा टाढा हौँ भन्ने कसैले सोच्न सक्दैन । तर ग्रहले खेलाउँदै लैजान्छ ।
अनेक तरह-तरह खेल गराई दिन्छ । अनि त्यही गल्ती बन्छ । त्यही कारण बन्छ तब सम्बन्ध विच्छेद नै हुन्छ । त्यस्तो योग गर्न जान्छ । ज्योतिष विज्ञानले त्यस्तो योग कहिले छ भन्ने पत्ता लगाइदिन्छ । हरेक मानिसको जीवनमा एक पटक त्यस्तो योग आउँछ । कसैको छोटो समय हुन्छ ।
त्यो योगलाई टार्ने अर्को योग बलियो बनेर आउँछ यसैले सबैको सम्बन्ध बिच्छेद नै त गराउँदैन तर केही असहज भने बनाउँछ । आज हामी पती–पत्नी का विच्छेद विच्छेद योगका बारेमा केही भन्दैछौ । यो जान्न जन्मकुण्डलीमा निम्न योगका बारेमा जानकारी लिन जरुरी छ । किनकी त्यसबाट बच्न जन्मकुण्डली नै हेर्न जरुरी हुन्छ ।
पति त्याग योग
यदि कुनै स्त्रीको जन्मकुण्डलीमा जब पतिद्योतक अर्थात पति त्यागात्मक अथवा पृथकताजनक ग्रह सूर्य, शनि राहु अथवा योसँग सम्बन्धित राशिमा रहेको स्वामीमा प्रभाव बन्छ । हो त्यस्ता स्त्रीको पतिबाट वियोग या त्याग हुन्छ । जुन स्त्रीको सप्तम भाव मा सूर्य छ ती स्त्रीको अधिकांशको परित्यक्ता नै हुन्छ ।
पत्नी त्याग जुन जातक अर्थात् पुरुषको जन्मकुण्डलीमा पत्नी त्याग अर्थात सप्तम्भाव, सप्तम्यधिपति तथा सप्तम् कारक अर्धात् शुक्र मा त्यागात्मक अथवा पृथकता जनक ग्रह सूर्य शनि राहु या यसमा अधिष्ठित राशिमा स्वामिको प्रभाव हुन्छ त्यस्ता पुरुषलेपनि स्त्रीबाट वियोग या त्यागको सामना गर्नु पर्छ ।
पति–पत्नी वैमनस्य योग
जब स्त्रीको कुण्डलीमा शुक्र लग्नाधिपति रहेर सप्तम् भाव सप्तम्यधिपति तथा सपतम् कारक तीनमा अनिष्ट स्थानको स्थित बन्छ त्यो पत्नीका पतिसँग एकदमै वैमनस्य हुन्छ । जसको फलस्वरूप पत्नी पतिको आफै ज्यान समेत लिन पछि पर्दिन । योपनि पति पत्नी त्यागको योग हो ।
पति पत्नी खराब आचरण योग
यदि पुरुषको कुण्डलीमा राहु माथी आक्रान्त स्त्रीग्रह चतुर्थ र यदि स्त्री को कुण्डलीमा आक्रान्त पुरुष ग्रह चतुर्थ छ र सप्तम भाव तथा सप्तमेश बाट युति ,दृष्टि द्वारा सम्बन्ध स्थापित गरिएको छ भने त्यो पुरुष अथवा स्त्री खराब आचारणका हुन्छन् । यही कारण उनीहरुबीच सम्बन्ध विच्छेद हुन्छ ।
पत्नी मृत्यु योग
जब द्वितियाधिपति तथा द्वितीय भाव को स्थिती आदि बलवान हुन्छ । परन्तु मंगल मा पर्याप्त दृष्टि बनिरह्यो भने एकपछि अर्की पत्नी प्राप्त हुने योग बन्छ । त्यो पुरुषले अर्की श्रीमती ल्याउनै पर्ने योग भएका कारण कि उसकी पत्नी अर्को बिहे गरेर भागेर जान्छे, की त मृत्यु हुन्छ की त बहुबिबाहको झमेला खेप्नुपर्छ ।
पति मृत्यु योग
यदि स्त्रीको जन्मकुण्डलीमा द्वितीय भाव उसको स्वामी बुध तथा गुरु मा मंगल आदिको प्रभाव बन्यो भने चाँडै नै पतिको मृत्यु हुन्छ या उसले अर्की श्रीमती जोड्छ ।
मापसे वाला पति पत्नी योग
यदि स्त्री या पुरुषको जन्मकुंडलीमा लग्न ,लग्नाधिपति चन्द्र लग्नाधिपति तथा द्वितीय, द्वितीयाधिपतिमा राहु अथवा शनिको प्रभाव रहन गएको छ भने त्यो महिला वा पुरुष मापसे, लापसेमा बानी पर्छ । छुटाउन गाह्रो हुन्छ ।
सुन्दर स्त्री या सुन्दर पत्नी प्राप्ति योग
यदि स्त्री या पुरुषको सप्तम राशिमा सम राशि छ वा उसको स्वामी तथा शुक्र दुबैमा सम राशिको स्थित रहिरहन्छ भने त्यस्ता स्त्री वा पुरुषले अत्यन्तै सुन्दर स्त्री या सुन्दर पति पाउँछन् ।
यो सामाग्री आफुले पढिसकेपछि अरुको जानकारीका लागि सेयर गरिदिनुहोला । आफुलाई लागेको जिज्ञासा कमेण्ट वा म्यासेजमा पठाउँनुहोला । हामी यस्तै अति महत्वपूर्ण जानकारी दिइनै रहनेछौ ।