लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यति बेला नयाँ गीत फाइटरमेन बालै फरर सार्वजनिक गरेका छन् । सो गीतको भिडियोमा मोडल सरु धिमाललाई बिकिनी अवतारमा प्रस्तुत गरिएको छ । उनको सो अवतारले जो सुकैलाई मोहित बनाउँछ ।
हाल सार्वजनिक उक्त गीत यसअघि देखिनै चर्चामा थियो । सरुलाई अर्का मोडल सँग रोमान्स गर्दै देखाइएको छ भने स्विमिङ पुलमा देखिने उनको विभिन्न पोजले भिडियोमा झनै रौनक थपिएको देख्न सकिन्छ ।
निर्मल क्षेत्रीकै शब्द सङ्गीत स्वर रहेको गीतमा अर्की गायिका बविना किराँतीले उनलाई साथ दिएकी छन् । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । रैबि गूरुङले कोरीयोग्राफी गरेको गीतमा छायाङ्कन दीपक गीरीे तथा सम्पादन अमृत चापागाईँको रहेको छ भने निर्देशन स्वयं निर्मल क्षेत्रीले गरेका छन् ।