आज सुनचाँदीको मुल्यमा केही उकालो लागेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मुल्य तोलामा ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ९४ हजार २ सय र तेजावी सुन ९३ हजार ७ सय मा कारोबार भइरहेको छ ।
सुनको मुल्य उकालो लागिरहँदा चाँदीको मुल्य पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ ।
आज चाँदीको मुल्य तोलाको ११ सय ७५ मा कारोबार भइरहेको छ । सो मुल्य हिजो ११ सय ५० थियो ।