कता कता खोजूँ म उसलाई,
कसको ढोकामा जाऊँ !
जो मेरो भात खाई देओस,
यस्तो मित्र कहाँ बाट ल्याऊँ ?
जीवनको यो कठिन मार्गमा,
‘साथी’ त हजारौं भेटिन्छन् !
तर स्वार्थ सिद्ध भई सके,
आफ्नो बाटो बदलिन्छन् !
सधैं साथ निभाउने ‘मित्र’,
खोजी कहाँ बाट ल्याऊँ
जो मेरो भात खाई देओस
यस्तो मित्र कहाँ बाट ल्याऊँ ?
हार निश्चित छ भन्ने थाहा थियो,
तर साथ छोडेन दुर्योधनको !
मृत्यु अगाडी हूँदा पनि,
खुट्टो पछाडि हटेन कर्णको !
साथिहरुको लागि ज्यान दिने,
त्यस्ता मित्रलाई खोज्न कहाँ जाऊँ !
जो मेरो भात खाई देओस,
यस्तो मित्र कहाँ बाट ल्याऊँ ?
पीडा वर्णन गरेपछि, आउनेहरुलाई साथी भनिन्छ !
तर जसले मनको कुरा आफै बुझ्दछ,
त्यसलाई नै असल मित्र भनिन्छ !
जो सँग ह्रदयका तार जोडिएका छन्,
उसलाई कुन कुना बाट खोजेर ल्याऊँ !
जो मेरो भात खाई देओस,
यस्तो मित्र कहाँ बाट ल्याऊँ ?
कविता सुनेपछि श्रीमतीले भनिन्:
तिमी किन चिंता गर्छौ ?
जो घर मा उपस्थित छ,
त्यसलाई बाहिर किन खोज्ने गर्छौ ?
म नै तिम्रो कर्ण र कृष्ण पनि म नै त हूँ,
अँध्यारोमा पनि साथ नछोड्ने त्यो छाया म नै त हूँ !
मुट्ठीमा जो चामल छन,
मलाई देऊ म खाई दिऊँला !
अर्को सात जन्महरूको लागि,
तिम्रो “भात खाने मित्र” म नै बनी दिऊँला !