नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।
ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।
आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको ढकालले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएपछि ढकाल होम आइसोलेसनमा बसेका छन् ।
ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।
ढकाल महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुन् । कोरोनाको कारणले गर्दा नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव हुन सकिरहेको छैन । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्याकालमा स्वत अध्यक्ष हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर अहिले शेखर गोल्छा महासङ्घको अध्यक्ष भएका हुन् ।