काठमाडौं – ललितपुरको भट्टेडाँडामा पहिरो परि २ वटा टिप्पर र एउटा मोटरसाइकल परिदा पुर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार ललितपुरको बाग्मती गाउँपालिका– ३ भट्टेडाँडामा गएको पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते बनेका हुन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । एसएसपी राइका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।