स्याङ्जाको वालिङ नागरपालिका–१४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने एक जनाको उद्दार गरिएको छ । उद्दार गरीएकी युवतीलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा ६० वर्षीय सेनी नेपाली, ४८ वर्षीय माया नेपाली, ३४ वर्षीय दीपक नेपाली, २८ वर्षीय कुलदिप नेपाली, १५ वर्षीय विक्रम (शिशिर) नेपाली, ९ वर्षीया विविश नेपाली, २१ वर्षिया विनिता नेपाली र पाहुना बन्न आएकी बहिनी ३० वर्षीया उमा नेपाली तथा छ महिनाका बालक समीर नेपाली रहेका छन् ।
पहिरोमा परेकी १८ वर्षीय मनिषा नेपालीको भने उद्दार गरिएको छ। घरभन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा उनीहरुको मृत्यु भएको हो ।
बिहान करिब साढे ५ बजे पहिरो गएको भएपनि ठूलो पहिरो भएका कारण उद्दार कार्यमा कठिनाई भएको थियो ।