बलिउड अभिनेता भुपेश पान्ड्या, आयुष्मान खुरानाको पहिलो फिल्म ‘विक्की डोनर’ मा आफ्नो भूमिकाका लागि परिचित थिए । उनको फोक्सोको क्यान्सरका कारण निधन भएको छ । उनी राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का पूर्व विद्यार्थी थिए ।
एनएसडीको आधिकारिक ट्वीटर अकाउन्टमार्फत् यसबारे जानकारी दिइएको हो । यो ट्वीटमा लेखिएको छ, ‘विख्यात रंगकर्मी भूपेश कुमार पांड्या (पूर्व विद्यार्थी एनएसडी २००१ ब्याच) को आकस्मिक निधनको खबरले एनएसडी परिवार असाध्यै दुखी हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । इश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरुन् ।’
विख्यात रंगकर्मी भूपेश कुमार पांड्या ( पूर्व छात्र एनएसडी 2001 बैच ) के आकस्मिक निधन की खबर बेहद दुखद है एनएसडी परिवार भावभीनी श्रद्धांजलि अर्पित करता है । ईश्वर दिवंगत आत्मा को शांति प्रदान करे।#NSDfamily @nirupamakotru @MinOfCultureGoI pic.twitter.com/bTbI5TenE0
— National School of Drama (@nsd_india) September 23, 2020
यस्तै मनोज बाजपेयी र गजराजजस्ता थुप्रै कलाकारले उनको असामयिक निधनमा शोक व्यक्त गरेका छन् ।
भूपेशले विक्की डोनरबाहेक ‘हज्जारौं ख्वाहिशें ऐसी’, ‘वेब सिरिज ‘डेल्ही क्राइम’, ‘गान्धी टु हिटलर’, ‘परमाणुः पोखरण की कहानी’ जस्ता थुप्रै अन्य प्रोजेक्टमा पनि काम गरेका छन् ।