२०७७ साल अधिक आश्विनशुक्लपक्ष असोज ८ गते विहिवार अष्टमी तिथि मूल नक्षत्र चन्द्रमा धनु राशिमा ]
मेष राशि : आर्थिक लाभमा बृद्धि हुनेछ । सृजनात्मक काममा सफलता मिल्ला । प्रिय समाचार सुन्न पाइनेछ । सामान हराउन सक्छ सावधान रहनु होला । आफ्नो गुणदोष विचार गर्दै अगि बड्न सके सक्दो फइदा लिन सकिनेछ । कामको दायित्व थपिनेछ । मायालु संगको भेटले मनमा उर्जा थप्नेछ ।
बृष राशि : पारिवारिक सहयोगले खुशि बनाउने छ । मित्र सँग बिबाद हुन सक्छ सावधान रहनु होला । व्यापार व्यवसायमा बृद्धि हुनेछ । प्रेम प्रसंगमा बाधा अड्चनको सामना गर्नु पर्ला । अधुरा काम बन्नेछन् । नया काममा सफलताको संकेत देखिएकोछ । शुभ समाचार सुनिने छ ।
मिथुन राशि : आम्दानीमा बृद्धि हुनेछ । अनावस्यक काममा समय बित्ला । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । घुम्न फिर्न मन जानेछ । प्राय ठाउमा प्रगति हुनेछ । बिग्रेका कामलाई सपार्ने समय छ प्रयास गर्नु होला । खानपिनका मिठा परिकार प्राप्त हुनेछन् । सरसामान किन्नमा खर्च हुनेछ
कर्कट राशि : सामाजिक काममा सक्रियता बडला । कामको जिम्मेवारी बिर्सन सक्छ सावधान रहनु होला । कलाको क्षेत्रमा राम्रो समय छ । पे्रम प्रसंगको समस्या हुन सक्छ सबधान रहनुहोला । मानसिक तन्दुरुस्ती बढ्नेछ । नयाँ काम गर्ने जोस मनमा आउला । फलामका सामग्रीको प्रयोगमा विचार पुर्याउनु होला ।
सिंह राशि : औषधि उपचारमा खर्च हुने छ । नया कामको अवसर आउनेछ विचार गर्नुहोला । खानपिनमा रमाउन पाइएला । खर्च बढ्ने छ । प्रेमका रमाइला कुराकानीमा समय बित्नेछ । पढाईमा प्रगति हुनेछ । मेहेनत जारी राख्नु होला । जागिरमा प्रगति हुनेछ ।
कन्या राशि : व्यवसायमा बृद्धि हुनेछ । पारिवारिक सहयोगले मनमा उत्शाह थप्नेछ । आर्थिक पक्षमा निक्कै सतर्क रहनु पर्नेछ । आफ्नो बुद्धीको सहि प्रयोग गर्ने समय छ । नयाँ निर्णयमा ध्यान दिनु होला । सामाजिक क्षेत्रमा तपाईंको महत्व निक्कै बढेर जानेछ ।
तुला राशि : प्रेम प्रसंग अनि बैबाहिक जीवन सुखमय रहनेछ । पुरानो मित्र तथा आफन्त सँग भेटघाट होला । आर्थिक स्थितिमा सुधार आउनेछ । घरमा मांगलिक कार्यमा कुराकानि हुनेछ । नयाँ ठाउमा यात्राको अवसर आउनेछ । सामाजिक काममा सक्रिय रहनु पर्नेछ ।
बृश्चिक राशि : पारिवारिक तनाव शान्त हुनेछ । मित्रबाट काममा सहयोग मिल्नेछ । मान सम्मान प्राप्त हुने छ । आर्थिक पक्ष सबल रहनेछ । नयाँ मान्छे संगको चिनजान पछिकालागि लाभदायी रहनेछ । रिसमाथि संयमता राख्नु पर्ने देखिन्छ । अधुरो काम बन्ने योग छ प्रयास गर्नु होला ।
धनु राशि : राजनीतिक एंव सामाजिक कार्यमा सफलता मिल्नेछ । मायालु वा जीवन साथीको सम्बन्धमा माधूर्यता आउनेछ । सुखद लाभदायी यात्रा हुनेछ । आर्थिक स्थिती राम्रो रहला । ब्यापार तथा नोकारीमा राम्रो समय छ । स्वास्थ्यमा केही गडबडी आउन सक्छ, ध्यान पुराउनु होला ।
मकर राशि : काममा परिवारका सदस्यले बिशेष सहयोग गर्नेछन् । आर्थिक स्थिती राम्रो हुँदा मनोबल बढ्नेछ । प्रेम सम्बन्धमा खटपट रहला । ब्यापार ब्याबसाय फइदा मै जानेछ । सवारि साधनमा भने बिशेष सावधान रहनु होला । पढाई लेखाइ प्रती खासै रुची बढ्नेछैन ।
कुम्भ राशि : काममा निक्कै ध्यान दिनु पर्ने देखिन्छ । काम विग्रन सक्छ । व्यावसायिक कुरामा भने प्रगति हुनेछ । सामान्य आर्थिक समस्या हुन सक्छ । मायालुको साथ सम्झन योग्य रहनेछ । नयाँ योजनाका कुरा दिमागमा आउनेछन् । धन कमाउने योग छ प्रयास गर्नुहोला ।
मीन राशि : राम्रो समाचार सुनिने छ । लामो सममदेखि काममा देखिएको समस्या समाधान हुनेछ । कुनै नयाँ मित्रसँग भेट होला । परिवारमा विवाहा आदिको कुराले चर्चा पाउनेछ । प्रतिस्पर्धाका कामबाट लाभ उठाउन सकिनेछ । मन रमाउने छ । नया कामको अवसर मिल्नेछ ।