नेपालमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ ।
मंगलबारको दिन अघिल्लो दिनको तुलनामा तोलामा १७ सयले गिरावट आएको सुनको मुल्य आज थप तल झरेको छ ।
मंगलबार ९५ हजार ५ सय मा कारोबार भएको सुनको मुल्य आज तोलामा १२ सयले घट्दै ९४ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज बजारमा तेजावी सुनको मुल्य ९३ हजार ८ सयमा कारोबार भइरहेको जुन हिजो ९५ हजार मुल्यमा कारोबार भएको थियो ।
सुनको मुल्यमा गिरावट आइरहँदा चाँदीको मुल्य पनि घट्ने क्रम जारी छ । आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ४० रुपैंया घटेर ११ सय ९० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
आजको मुल्य साउन महिनायताकै सस्तो मुल्य हो ।