नेपाली बजारमा आज सुनको मुल्य लामो समयपछि सस्तो भएको छ ।
गत साउन २८ गते तोलाको ९५ हजार ४ सय मा कारोबार भएको सुनको मुल्य त्यसपछि आजको दिन सस्तोमा कारोबार भएको हो
आज छापावाल सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय र तेजावी सुनको मुल्य ९५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साउन महिनाको अन्तिम सातादेखि कुनैपनि दिन सुनको मुल्य यति सस्तो भएको थिएन । साउन महिनाको २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय मुल्य कायम भएको सुनको मुल्य अहिलेसम्मकै सर्वाधिक महंगो हो । सोही महिनाको २८ गते ९५ हजार ४ मा कारोबार भएको सुनको मुल्य त्यसपछिको दिनमा आज नै सस्तो भएको महासङ्घले जनाएको छ ।
भाद्र महिनाको २ र ३ देखि १ लाख ४ सय मा कारोबार भएको सुन भाद्र महिनाको २३ गते ९५ हजार ८ सय मा कारोबार भएको थियो उक्त मुल्य नै भाद्र महिनाको सबैभन्दा सस्तो मुल्य हो ।
असोज महिनाको पहिलो दिन ९६ हजार ६ सय मा कारोबार भएको सुनको मुल्य हिजोसम्म बढ्दो क्रममा थियो भने आज ओरालो लागेको हो ।
सुनको मुल्य ओरालो लागिरहँदा चाँदीको मुल्य पनि तोलामा ९० रुपैंयाले घटेर १२ सय ३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।