फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले मीटूको आरोप लगाए । अनुरागले आफूमाथि लगाएको आरोपको खारेज गरेका छन् । तर उनको पृष्ठभूमि हेर्दा उनी विवादमा तानिइरहन्छन् । व्यक्तिगत होस् या व्यावसायिक अनुराग जहिल्यै चर्चामा रहन्छन् ।
अनुरागले निर्देशकका रुपमा आफ्नो करियरको शुरुवात फिल्म ‘पाँच’बाट गरेका थिए । तर यो फिल्म हालसम्म रिलिज हुन सकेको छैन । यसपछि उनले ‘ब्ल्याक फ्राइडे’, ‘नो स्मोकिङ’, ‘देव डी’, ‘गुलाल’, ‘द गर्ल इन येलो बूट्स’, ‘ग्याङ्स अफ वासेपुर’ जस्ता अलग अलग किसिमका फिल्म बनाए ।
अनुरागको फिल्मले प्रायः सामाजिक मु द्धा उठाए । जसमा ला गुऔषध, स्मोक एडि क्सन, चाइल्ड ए ब्यूज, डि प्रेशन र त नाव जस्ता समस्या चित्रित थिए । कमैमात्रलाई थाहा होला कि अनुराग आफैं यी समस्याबाट गुज्रिएका थिए । त्यहीकारण उनले यी समस्या नै चुने ।
एक अन्तरवार्तामा उनले आफू बाल्यकालमा नै यौ न शो षणको सि कार हुनुपरेको खुलासा गरेका थिए । ‘म करीब ११ वर्षसम्म शो षित भइरहेको थिएँ । यद्यपि मैले अहिले त्यो पुरुषलाई माफी दिइसकेको छु । मेरो शो षण गर्दा ऊ २२ वर्षको यियो । कैयौं वर्षपछि उसलाई भेट्दा उसमा निकै पछुतो थियो । तर मेरा लागि यो सबै बिर्सनु सजिलो थिएन । त नाव, फ्र स्टेसन र रिसमा म मुम्बई आएको थिएँ । यहाँ पनि मैले शुरुवाती दिनदेखि संघर्ष गरें । तर डिप्रे सनबाट बाहिर आउनका लागि कल्कीले मलाई ठूलो सहयोग गरिन्’,उनले भनेका थिए ।
अनुरागको पहिलो विवाह आरती बजाजसँग भएको थियो । दुवैको एक १९ वर्षकी छोरी आलिया छिन् । उनीहरुले सन् १९९७ मा विवाह गरेका थिए । तर सन् २००९ मा सम्बन्धविच्छेद भयो । आरतीसँगको सम्बन्धविच्छेद पछि अनुरागले अभिनेत्री कल्की कोचलिनसँग सन् २०११ मा विवाह गरे । तर यो विवाह पनि लामो समय चल्न सकेन । सन् २०१५ मा उनीहरु अलग्गिए ।
४८ वर्षका अनुराग पछिल्लो दुई वर्षदेखि आफूभन्दा २० वर्ष कान्छी शुभ्रा सेठ्ठीसँग डेट गरिरहेको खबर चर्चामा छ । २७ वर्षका शुभ्राले सन् २०१४ मा मुम्बईको सेन्ट जेभियर्स कलेजबाट पढाई पुरा गरेकी थिइन् । हाल उनी अनुरागको प्रोडक्सन कम्पनी फेन्टम फिल्मस्मा काम गरिरहेकी छन् । हालै रिलिज अनुरागद्वारा निर्देशित वेब सिरिज ‘चोक्ड’को स्क्रिप्ट पनि शुभ्राले नै लेखेकी थिइन् ।
अनुराग सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी हरेक मु द्धामा खुलेर कुरा गर्छन् । त्यहीकारण उनले महानायक अमिताभ बच्चनलाई पनि छोडेका छैनन् । सन् २०१२ मा अनुरागले अमिताभमाथि आरोप लगाउदै आफ्नो छोरा अभिषेकको फिल्म ‘खेलें हम ही जान से’को प्रचारलाई बढावा दिनका लागि आफ्नो ओहदाको सहयोगले फिल्म ‘चटगाव’ को रिलिजमा समस्या ल्याएको बताएका थिए । सन् २०१९ को डिसेम्बरमा नागरिकता संशोधन बिलको विषयलाई लिएर मौन रहेका अमिताभले सामाजिक सन्जालमा ‘धेरै तनाव हुने कुरा छैन, बस १९–२० को फरक हो’ भनेर लेखेपछि त्यसले व्यापक चर्चा पाएको थियो ।
त्यसको उत्तर दिँदै उनले ‘यसपटक फरक १९–२० को होइन सर, यसपटक ठूलो फरक छ । हालका लागि तपाईं आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । आफ्नो हिस्साको तपाईंले ७० को दशकमा नै गरिदिनुभएको थियो । तबदेखि तपाईं भित्रको बच्चनलाई मैले आफूभित्र बोकेर घुमिरहेको छु । यसको अगाडि गब्बर होस् या सिंह हामी पनि हेर्नेछौं’ ट्वीट गरेका थिए ।
केही महिना अघि अक्षय कुमारले नागरिकता संशोधन अधिनियम (सीएए) का विरुद्ध चलिरहेको आ न्दोलनसँग जोडिएको एक ट्वीटमा झुक्किएर लाइक गरेका थिए । यो ट्वीटसँग एक भिडियो थियो, जसमा दिल्लीको जामिया मिलिया विश्वविद्यालयका छात्रहरुमाथि प्रह रीले गरेको कारवाहीको मजाक उडाइएको थियो । त्यउपछि अक्षयले त्यसलाई अनलाइक गरेका थिए । तर उनी ट्वीटर प्रयोगकर्ताको निशानामा आए । एक प्रयोगकर्ताले अक्षयलाई बिना रीढको हड्डीवाला व्यक्तिसम्म भने । जसको समर्थन निर्देशक अनुरागले नै गरेका थिए ।
ट्वीटर प्रयोगकर्ताले अक्षयमाथि निशाना साँध्दै ‘म अक्षय कुमारलाई धेरै सम्मान गर्छु । रीढको हड्डी बेगर मार्सल आर्टको तालिम लिन निकै समस्या हुन्छ’ भन्दै ट्वीट गरेका थिए । ट्वीटर प्रयोगकर्ताको समर्थन गर्दै उनले ‘सही कुरा’ लेखेका थिए ।