काठमाडौं । भारतीय चर्चित अभिनेता मुरली शर्माको आज जन्मदिन परेको छ । आजबाट अभिनेता मुरली ४८ वर्षमा लागेका छन् ।
खलपात्रको रुपमा बलिउड र साउथ फिल्ममा राम्रो स्थान बनाएका यि लोकप्रिय स्टारलाई आज बिहानैदेखि शुभकामनाको ओइरो नै लागेको छ ।
भारतको मुम्बईमा जन्मिएका यि बहुआयामिक प्रतिभाका धनी मुरलीले दिलवाले, चोरी, तड्का, राधेश्याम, खामोसी, रंगीला, साहो, एनजीके, लगायत कैयौँ सुपरहिट फिल्ममा काम गरेका छन् ।
त्यस्तै आज नै करिना कपुरले पनि आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आफ्नो परिवारसँग जन्मदिन मनाएको तस्विर सार्वजनिक गरेकी छिन् ।