बलिउड नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् ।
करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो ।
करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर समावेश भए ।
अंकलसँग बिहे गरेकी थिइन्
अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्रो श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्।
बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई’ कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा। उनीहरूको एक जना छोरा छन्, तैमूर। एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन्। उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे।