युएईमा शनिबारबाट क्रिकेटको महाकुम्भ अर्थात इण्डियन प्रिमियर लिगको शुरु भएको छ । यो क्रिकेट मेलामा क्रिकेटर र अम्पायरहरुको जति भूमिका हुन्छ, खेल रोकिँदा या ब्रेक हुँदा त्यहाँ देखिने एंकरको भूमिका पनि उत्तिकै हुन्छ । हालसम्मका आइपिएलमा यस्ता केही एंकरहरु छन्, जसले आइपिएलमा राम्रो लोकप्रियता पाएका छन् ।
मयंन्ती लेंगर आइपीएलसँग कैयौं वर्षदेखि जोडिएकी छन् । उनी क्रिकेटर स्टुअर्ट बिन्नीकी श्रीमति हुन् । हालैमात्र उनी आमा बनेकी छन् । यही कारण उनी यो वर्षको आइपिएलको हिस्सा हुन्नन् ।
शिबानी दांडेकरलाई हेर्दा जोकोही पनि उनको उमेर ४० वर्ष हो भन्दा पत्याउदैनन् । उनी पनि लामो समयदेखि आइपिएलसँग जोडिएकी छन् । उनी अभिनेता तथा निर्देशक फरहान अख्तरको प्रेमिका हुन् ।
३८ वर्षीया करिश्मा कोटक पनि आइपिएलको उत्कृष्ट सुन्दरी एंकर हुन् । उनी फ्रीकी अली, कप्तान (पंजाबी फिल्म), बिग बोस ६ मा आइसकेकी छन् । उनी आइपिएलको परिचित नाम हो ।
अर्चना विजया आइपीएलको सीजन ५ को एंकर थिइन् । आइपीएलका अलावा कैयौं अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी एंकर बनिसकेकी छन् ।
अभिनेत्री मन्दिरा बेदीलाई नचिन्ने सायदै कम होलान् । ४८ वर्षको उमेरमा पनि उनी आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् । उनी आइपिएलसँग लामो समयदेखि जोडिएकी छन् । आइपिएलका अलावा उनी कैयौं फिल्म र वेब सिरिजमा अभिनय गरिसकेकी छन् ।
पल्लवी शारदा सन् २०१६ मा आइपिएलको होस्ट बनिन् । उनले शाहरुख खानको फिल्म ‘माइ नेम इज खान’मा केमियो भूमिकामा अभिनय गरेकी थिइन् । आइपिएलका अलावा उनी अष्ट्रेलियाको टी२० लिग ‘बिग बेस लीग(बीबीएल)को पनि होस्ट भइसकेकी छन् ।
रोचैल मारिया राव आइपिएल सिजन ६ मा एंकर बनेकी थिइन् । उनी ३२ वर्षकी भइन् । रौचेलले मिस इण्डिया इन्टरनेशनल २०१२ को उपाधि जितेकी थिइन् । उनले आइपिएलका अलावा कपिल शर्मा शो, झलक दिखला जा, खतरों के खिलाडी जस्ता चर्चित शोमा पनि काम गरिसकेकी छन् । उनी टेलिभिजन अभिनेता कैथ सेकुराकी श्रीमति हुन् ।
लेखा वासिङ्टन एक प्रख्यात दक्षिण भारतीय अभिनेत्री हुन् । उनले तमिल, तेलुगु र कन्नड फिल्ममा काम गरेकी छन् । उनी आइपिएलको पहिलो सिजनको एंकर हुन् ।