सीताराम कट्टेल (धुर्मुस)को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कलाकरिता क्षेत्रमा लागि परेका छन् । कलाकारिता क्षेत्रसँगै उनी २०७२ सालको भूकम्प पश्चात भने श्रीमती कुञ्जना समेतलाई साथमा लिएर समाजसेवामा लागेका छन् । यसका लागि उनले धुर्मुस सुन्तली फाउन्डेसनको स्थापना नै गरेका छन् । र उनीहरुको विश्वसनीयताका आधारमै देश तथा विदेशमा रहेका नेपालीले आफ्नो योगदान दिँदै आएका छन् ।
सीताराम कट्टेल (धुर्मुस)सोलुखुम्बु जिल्लाको तत्कालीन नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल असोज ४ गते उनको जन्म भएको थियो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो ।
माध्यमिक तह’सम्मको अध्ययन भने सीताराम कट्टेलले झा’पाको गौरादहमा पूरा गरेका थिए ।निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले बाल्य:कालदेखि नै आर्थिक अभाव भोगेर हुर्कि’एका थिए । कापी’कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउँथे ।खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई समेत अघि बढा:एका उनी अध्ययनका क्षेत्रमा समेत कृया:शील भएर लाग्ने गर्थे । पढाईमा तेजिलो भएकै कारण पनि सीता:रामले एसए:लसी प्रथम श्रेणीमा पास गरेका थिए । उच्च शिक्षाका लागि भने उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैयाँ गो:जीमा राखेर काठमाडौं आएका थिए ।