नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल नम्रता सापकोटाको आज जन्मदिन परेको छ ।
थुप्रै नेपाली चलचित्र, म्युजिक भिडियो लगायत तीजका गीतमा उनले काम गरिसकेकी छिन । नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट अझै बढि परिचित भएकी थिइन ।
मिलनसार स्वभावकी नम्रता साथीहरुमाझमा असल साथीको रुपमा चिनिन्छिन।
लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौल बढाउने दौडमा छिन् । यसका लागि आफूले डाइटिङ कम गर्न थालेको उनी बताउँछिन् ।
नम्रता सामाजिक संजालमा ‘नेपोटिज्म’को बहस चर्काएपछि चर्चामा आएकी थिइन् । उनी, हाल म्यूजिक भिडियोको काममा बढी व्यस्त छिन् ।
सामाजिक सञ्जालमा नम्रता निकै सक्रिय हुन्छिन् तर सामाजिक सञ्जालमा जे गर्दा पनि सुख नभएको गुनासो गरेकी छिन् । सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावको विषयमा फेसबुक लाइभ मार्फत आफ्नो विचार राख्ने क्रममा नम्रताले कलाकारले जे गर्दा पनि नकारात्मक रुपमा नै हेरिएको गुनासो गरेकी छिन् ।
नम्रताले भनिन्–‘हिन्दी गीतमा नाच्यो भने नेपाली कलाकार भएर नेपाली गीतमा किन ननाचेको भन्ने प्रतिक्रिया आउँछ । नेपाली गीतमा नाच्यो भने कलाकारको काम छैन, गीतमा नाच्यो बस्यो भनेर प्रतिक्रिया आउँछ ।’
नम्रता आफुले गरेको कामबाट सन्तुष्ट रहेको र जिन्दगीमा आफुले सोचेको काम गर्न पाएकोले खुशी रहेको बताउँछिन् । उनले सानोसानो कुरामा नअल्झी खुशी भएर जिउनु नै जीवनको स्वर्गीय आनन्द रहेको बताइन ।