काठमाडौं– सरकारले १ असोजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि चहलपहल बढेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवका अनुसार बिहीबार उपत्यकाबाट ३ हजार ७१३ सवारीसाधन बाहिरिएका छन्। ती सवारीसाधनमा कुल ९ हजार ४ सय जना बाहिरिए। त्यस्तै ३ हजार ५१७ सवारी साधनमा ७ हजार ८ सय जना भित्रिए।
शुक्रबार दिउँसो ३ बजेसम्म ८८८ सवारी साधनमा २ हजार ८१३ जनाले उपत्यका छोडेका छन्। त्यस्तै यही अवधिमा ७८८ सवारी साधनमा २ हजार ५५२ जना उपत्यका प्रवेश गरेका छन्।