आज कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम हुँदै वितेको २४ घन्टामा २ हजार भन्दा बढी संक्रमित थपिए ।
बिहीवार १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन १ हजार ५ सय ३९ संक्रमित फेला परेका थिए। आजसम्मका सबै रेकर्डलाई पछि पार्दै शुक्रबार २ हजार २० संक्रमित भेटिएका हुन् ।
आज काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ६ सय ९८ जना, भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज ७ जनाको कोरोना भाइरसकै कारण निधन भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जना छन् भने मोरङमा २ पुरुष र नवलपरासीमा एक महिलाको निधन भएको छ ।