चितवन स्थित रत्ननगर नगरपालिका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ ।
भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहीवार आएको परिक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको हो ।
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए ।
आँफ्नतलाइ अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाटै उनलाई कोरोना संक्रमण भएको हुन सक्ने मेयर वनको अनुमान छ।
स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ । उनी घरमै आइसोलेसनमा बसिरहेका छन् ।
चितवनमा जिल्लामा ५० प्रतिशतलाई अस्पतालबाट नै कोरोना संक्रमण फैलिएको एक अध्ययनले देखाएको छ ।