बिहीबार नेपालमा १ हजार २ सय ४६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६ सय ४१ जनाको नमूना परिक्षण गर्दा १ हजार २ सय ४६ जनाको नमूना पोजेटिभ पाइएको हो ।
योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । जसमध्ये ३ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् भने ४२ हजार ९ सय ४९ जना निको भएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै ४ जनाको निधन भएको छ भने १ हजार २ सय ४३ जना निको भएका हुन् ।
नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।