आज असोज १ अर्थात महिनाको पहिलो दिन । नेपाली बजारमा सुनचाँदीको मुल्य आज अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ ।
हिजोको तुलनामा सुनको मुल्य तोलामा ९ सयले घटेको हो ।
आज छापावाल सुन ९६ हजार ६ सय, तेजावी सुनको मुल्य ९६ हजार १ सय र चाँदीको मुल्य प्रतितोला १३ सय २० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंङ्घले जनाएको छ ।
सरकारले काठमाडौं उपत्यकामा आजदेखि सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेसँगै बजारमा मानिसहरुको चहलपहल बढिरहेको छ । लामो समयदेखि कारोबार ठप्प प्राय भएका सुनचाँदी व्यवसायीहरु अब कारोबार बढ्नेमा आशावादी देखिएका छन् ।
बजारमा कारोबार न्यून
कोरोना भाइरस (कोभिड १९) महामारीले गर्दा बजारमा सुनको कारोबार लगभग ठप्प प्राय रहेको छ । बजारमा सुनको गरगहना किन्ने भन्दा पनि पुराना गरगहना किन्ने मानिसहरुको संख्या बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
ग्राहकहरुले पुरानो गहना बेच्दा ज्याला जर्ति काट्दै कम मुल्यकाङ्न गरिएको गुनासो गर्दछन् । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा मानिसहरुको आर्थिक स्थित कमजोर भएको बेलामा सुनको कारोबार ठप्प हुनु स्वभाविक पनि हो ।
हात मुख जोर्न नै समस्या भइरहेको बेलामा सुनचाँदी बिलासिताका बस्तु बनेका छन् ।