अछामको मंगलसैन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको छ ।
कोरोना भाईरसको संक्रमण तथा जोखिम बढिरहेका बेला समस्यामा परेका दैनिक ज्यालादारी काम गर्ने तथा वडाका विपन्न, एकल महिला, बालबालिका गरी ६० जनालाई खाद्यान्नका सामाग्री सहित राहत वितरण गरिएको हो ।
वीआर्सी नेपालको आर्थिक सहयोग, मंगलसेन नगरपालिकाको समन्वय र अछाम जेसिजको आयोजनामा मा मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँ र वडा नम्बर ६ मा वितरण गरिएको राहतमा प्रति व्यक्ति २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, २ वडा हात धुने साबुन, १ केजी चिनी र १ केजी नून गरी कम्तीमा १४ दिन सम्म खान पुग्ने खाद्यान्न सामग्री भौतिक दूरी कायम गर्दै वितरण गरिएको अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीले केटीएम दैनिकलाई बताए ।
अछाम जेसीजले वीआर्सी नेपालको सहयोगमा गत भदौ ८ गते मंगलसैन नगरपालिका १३ बस्तीमा एक सय विपन्न एकल महिलालाई तथा बालबालिकालाई समेत खाद्यान्न सामग्री प्रदान गरेको थियो ।