नेपालमा आज १ हजार ५ सय ३९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर रहेका प्रयोगशालामा १० हजार ४ सय ९४ जनाको नमूना परिक्षण गर्दा १ हजार ५ सय ३९ जनाको नमूना पोजेटिभ पाइएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । जसमध्ये ३ सय ७९ जनाले ज्यान गुमाएका छन् भने ४१ हजार ७ सय ६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।
पछिल्लो २४ घन्टामा १ हजार ६८ जना निको भएका छन् भने ८ जनाको ज्यान गएको छ ।