केटीएम दैनिक ३१ भाद्र भक्तपुर :
आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार बिहान ५ बजेर १९ मिनेट आसपासको समयमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ६ म्याग्निच्युट आसपासको रहेको छ र भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको राम्चे भन्ने स्थानमा रहेको छ ।
सामाजिक संजाल ट्विटर प्रयोगकर्ताका अनुसार उक्त भूकम्प नेपालको पूर्वी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । केटीएम दैनिकको फेसबुक पेजमा सन्तोष कुमार महत्तोले भूकम्पको धक्का महोत्तरी जिल्लामा समेत महसुस गरिएको जानकारी दिएका छन् ।
भूकम्पले पुर्याएको भौतिक र मानविय क्षतिको विवरण प्राप्त भएको छैन । लामो समयपछि नेपालमा ६ रेक्टरस्केल भन्दा ठूलो भूकम्प गएको हो । यसअगाडी ४ रेक्टरस्केल भन्दा सामान भूकम्पहरु गइरहेका थिए ।
बुधबार बिहान ५ः१९ मा गएको भूकम्पको धक्काको केन्द्रबिन्दू सिन्धुपाल्चोक भए पनि काठमाडौं उपत्यकामा समेत ठूलै धक्का महसुस भएको थियो ।
यसले केन्द्रबिन्दू वरिपरि क्षति पारेको हुनसक्ने बताइएको छ ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020