एक जना साहुजी थिए । उनिसित धेरै सम्पत्ती थियो । साहुजी ले आफ्नी छोरीको विवाह एउटा ठूलो घर मा गरेका थिए तर छोरीको भाग्यमा सुख नहुनुको कारणले उनको श्रीमान जुवा डी ,ज ड्याँहा निस्कियो , जसबाट सबै धन समाप्त भयो ।
छोरीको यो हालत देखेर साहुनीले हरेक दिन साहुजीलाई भन्थिन कि तपाईं दुनियाको मदत गर्नुहुन्छ तर आफ्नी छोरी समस्या मा हुदा पनि उसलाई किन मदत गर्नुहुन्न ?”
साहुजीले भन्थे कि ,” जब उनको भाग्य उदय हुन्छ , तब आपसेआप सबै मदत गर्नलाई तयार हुनेछन ।
एकदिन साहुजी बाहिर गएका थिए , त्यतिखेरै उनको घर मा ज्वाइँ आएछन ,सासुले ज्वाइँ को आदर सत्कार गरिन् र छोरीलाई मद्धत गर्ने विचार उनको मनमा आएछ । उनले मोतिचुर को लड्डुमा सुन को असर्फी राखिदिइन् , ज्वाइँलाई टीका लगाएर विदा गर्ने समय मा पाँच किलो शुद्ध देशी घ्यु को लड्डुमा उनले सुन लुकाएर दिइन् ।
ज्वाइँ लड्डु बोकेर त्यहाबाट निस्किए ,उनले सोच्न थालेछ कि यति भारी वजन लिएर को हिड्छ ?* , बरु यसलाई मिठाइको पसल मा बेचिदिन्छु , पैसा पनि आइहाल्छ , उनले त्यो लड्डुको प्याकेट मिठाई पसलेलाई बेचिदिएर पैसा लिदै त्यहाबाट निस्कियो ।
उताबाट साहुजी आफ्नो कामबाट फर्किदा उनले सोच्यो कि घर को लागि मिठाई पसलबाट मोतिचुर को लड्डु लिएर जान्छु , ”
उनले पसलेसित लड्डु माग्यो , मिठाइबालाले त्यही लड्डुको प्याकेट साहुजीलाई बेचिदियो ।
साहुजी लड्डु लिएर घर आयो , साहुनीले जब लड्डुको प्याकेट हेरिन् उनले त्यो प्याकेटलाई फोडेर देख्दा सुनहरु जस्ताको तस्तै थियो , उनले आफ्नो टाउको?पिट्न थालिन् ,
साहुनी ले साहुजीलाई शुरुदेखी अन्त्यसम्म को जम्मै नालेबेली सुनाइन् ।
साहुजीले भने – भाग्यवान ! मैले पहिले नै सम्झाएको थिए कि अहिले उनको भाग्य जागेको छैन , हेर्यौ ! त्यो सुन न त ज्वाइँ को भाग्यमा थियो न त त्यो मिठाई बेच्नेको भाग्यमा नै ”
त्यसैले भनिन्छ कि ” भाग्यभन्दा धेरै र समय भन्दा पहिले न कसैले पायो न त पाउने नै छ ”
” जे भाग्यमा छ त्यो भागेर पनि आउँछ , जे भाग्यमा छैन त्यो आएर पनि भाग्छ ”
त्यसैले ईश्वरले जति दिएको छ त्यसमा सन्तुष्ट गर्नुस ।
पिङ जति पछाडी जान्छ ठिक त्यही अनुपातमा अगाडि पनि आउँछ बराबर ,यसप्रकारले सुख – दुख पनि जिन्दगीमा बराबर आउँछ ।
जिन्दगीको पिङ पछाडी गयो भने नआत्तिनुस त्यो अगाडि पनि आउँछ , ”
दिमाग जति नै तेज होस तर नसिब बिना जित्न सक्दैन , बिरबल बुद्धिमान भएको बाबजुद पनि कहिल्यै बादसाह बन्न सकेन ।
सामाजिक सञ्जालबाट