झापाको काँकरभिट्टा स्थित प्राइम बैँककी एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मङ्गलबार मेचीनगर–६ स्थित काँकरभिट्टाकी २२ वर्षीया एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ती महिलाको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि धाइजनको आइसोलेसनमा पठाइएको मेचीनगरपालिका सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।
उक्त बैँकलाई आज सिल गरिएको उनले बताए ।
यसअघि पनि इटाभट्टा स्थित प्राइम बैँककी एक जना महिला कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।