काठमाडौं उपत्यकामा आज ६ सय ७६ जनामा कोरना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालया प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज देशभर रहेका प्रयोगशालामा १० हजार ३ सय ७५ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६ सय ७६ सहित देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
आज उपत्यकामा भेटिएकामध्ये काठमाडौंमा ५ सय ५५ जना भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ४ सहित देशभर ११ जनाको निधन भएको छ । निधन हुनेमा ४ महिला र ७ पुरुष छन् ।
काठमाडौंमा ८६ वर्षिया महिला र ३४,९६ र ६६ वर्षका पुरुषको ज्यान गएको हो ।