मंगलबार राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले बलिउडको बारेमा आफ्नो भनाई राखिन् । त्यहाँ उनले भनिन् ,‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन ।
मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’ जयाले कुनै पनि कलाकारको नाम नलिई भनेकी थिइन्–‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् ।
मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’
जयाको यो भनाइपछि आक्रोशित कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘जया जी, तपाइले यो कुरा त्यतीबेला बुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हा तपात हुन्थ्यो, उसलाई न शा दिइन्थ्यो र युवा अवस्थामा उसको शो षण हुन्थ्यो ।
के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्या रेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखा मा झु न्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहा नुभुती दिनुहोस् ।’यी दुईको वाक यु द्धले अहिले बलिउड पुरै हल्लिएको छ ।