बलिउड अभिनेत्री मलाइका अरोरा अहिले कोरोना भाइरससँग लडिरहेकी छन् । केहि दिन पहिला मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिले उनी होम क्वारेन्टाइनमा रहेकी छन् । यसैबीच मलाईकाले कोरोनालाई लिएर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेखेकी छन् ।
जो अहिले अत्याधिक भाइरल बनिरहेको छ । मलाईका कोरोनाबाट हैरान बनेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोही भ्याक्सीन बनाईदेओ, नत्र जवानी सकिनेछ ।’
४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् ।
अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।
अर्जुन कपुरसँग प्रेममा रहेकी मलाईका कोरोनाबाट त्रसित भएको देखिन्छिन् ।