आज सुनको मुल्य उकालो लागेको छ ।
महिनाको अन्त्यतिर आइपुग्दा सुनको भाउ उकालो लाग्न थालेको छ ।
सोमबारको तुलनामा सुनको भाउ आज तोलामा ६ सय रुपैंयाले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय र तेजावी सुनको मुल्य ९७ हजारमा कारोबार भैरहेको छ ।
मंगलबार छापावाल सुनको मुल्य ९६ हजार ९ सय र तेजावी सुनको मुल्य ९६ हजार ४ सय मा कारोबार भएको थियो ।
सुनको मुल्य बढ्दा चाँदीको मुल्यमा पनि उकालो लागेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय ४० मा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार चाँदीको मुल्य १३ सय २० मा कारोबार भएको थियो ।
भाद्र महिनाको २ र ३ गते १ लाख ४ सय मा कारोबार भएको सो मुल्य नै यो महिनाको सर्वाधिक मुल्य हो भने भाद्र २३ गते ९५ हजार ८ मा कारोबार भएको थियो जुन यो महिनाकै न्यून मुल्य हो ।
भाद्र २ र ३ गतेपछिका कुनैपनि दिनमा सुनको मुल्य १ लाख नाघेको छैन ।