एक दिन एकजना धनी पिताले आफ्नो पुत्रलाई शहरबाट पहिलाेपटक गाउँतिर घुमाउन लगेछन ।
उनी आफ्नो पुत्रलाई कोही कतिसम्म गरीब हुनसक्छ भनेर देखाउन चाहन्थे । उनीहरुले एउटा “गरीब” परिवारकाे खेतबारीमा केही समय बिताएछन र त्यहाँ देखिएका विभिन्न क्रियाकलाप अवलोकन गरेछन । फर्केपछि पिताले पुत्रलाई साेधेछन – गाउँकाे यात्रा कस्तो लाग्याे ? एकदम राम्रो – पुत्रले जवाफ दिएछन । हाम्रो यो यात्राबाट के थाहा पायौ तिमीले ? पिताले फेरि सोधेछन ।
पुत्रले जवाफ दिन थाले –
हामीसँग जम्मा एउटा कुकुर छ, उनीहरुसँग कुकुरकाे परिवारै छ ।
हामीसँग सानो स्वीमिंग पुल छ, उनीहरुसँग नदीनै छ ।
हामी खानेकुरा किन्छौ, उनीहरु आफैले उमार्छन ।
हामीसँग विद्युत छ, उनीहरुसँग आकाशका तारा ।
आफ्नो रक्षाका लागि हामी पर्खाल लगाउँछौ, उनीहरुसँग अनेकन साथी छन ।
हामी टेलिभिजनसँग समय बिताउँछौ, उनीहरुसँग परिवारसँग ।
हामीसँग संसार छ, उनीहरुसँग भगवान ।
अन्त्यमा पुत्रले भनेछन – धन्यवाद हामी कति गरीब रहेछौ भनेर आज मलाई जान्ने मौका दिनुभयो ।
पुत्रको जवाफले पिता अवाक् भए ।
कथाकाे सार : पैसाले मानिस धनी हुँदैन । जहाँ जीवन सरल छ, प्रेम छ, करुणा छ, मित्रता छ, मूल्य र मान्यता छ, परिवार छ, आध्यात्म छ त्योनै जीवनको सबभन्दा ठूलो धन हो ।
स्रोत : सामाजिक सञ्जाल