भारतमा यतिबेला चलिचित्र अभिनेत्री कंगना रनौत र महाराष्ट्रको सत्तारुढ दल शिवसेनाबीच भइरहेको वि वादले निकै चर्चा पाइरहेको छ। यहीबीचमा भारतको सुरतका एक कपडा व्यवसासीले कंगनाको समर्थनमा ‘मणिकिर्णका’ स्टाइलको सारी बजारमा ल्याएका छन्। जसमा कंगनाको तस्वीर अकिंत गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईले जनाएको छ।
गुजरातको सुरतमा यूनिभर्सल टेक्सटाइल मार्केका रजत डाभरले यो सारीलाई बजारमा ल्याएका हुन्।
उनले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कंगनामाथि जे भयो त्यो स्वीकार गर्न नसकिने भन्दै उनको समर्थनमा यो सारी बजारमा ल्याएको बताएका छन्।
उनले कंगनाको आवाज दबान खोजिएको र उनको मुम्बईस्थित कार्यालय भवनसमेत तोडिएको भन्दै त्यसको विरोधमा र कंगनाको समर्थनमा सारी बजारमा ल्याइएको बताए।