सोमबार बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
आज बसेको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने धेरैको अड्कल थियो। तर, बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयबाट यस विषयमा कुनै प्रस्ताव नै आएन। तर बैठकले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो।
नेकपाले १८ भदौमा राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष गौतमलाई नै पठाउने निर्णय गरेको थियो। त्यसअघि नै १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले पनि गौतमलाई राष्ट्रिय सभा पठाउने निर्णय गरेको थियो।
साँझ ५ बजेबाट करिब चार घन्टासम्म चलेको बैठकमा कुलमानका विषयमा कुनै चर्चा नै नभएको ती मन्त्रीले बताए। कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राति सकिएको छ।
र यो पनि पढ्नुहोस् :