गीतकार पासाङ शेर्पाको नया“ गीत ‘सयौं डाँडा काट्दै आए’ ट्रेन्डिङमा परेको छ । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका शेर्पाले यस गीतमा परदेशिएका व्यक्तिहरुको कथा समेटेका छन् ।
यस गीतमा नेपाल आइडल २ का उपविजेता बिक्रम बरालले स्वर भरेका छन् भने हरि लम्सालले संगीत भरेका छन् ।
रिकेश गुरूङको एरेन्ज, राजबाबु चौधरी र अजय कार्की रेकर्डिस्ट रहेको यो गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।
चर्चित गीत ‘सुन साईंली’ मा अभिनय गरेका गौरव पहाडी र नायिका वर्षा राउतको अभिनय यस गीतको भिडियोमा देख्न सकिन्छ । कामको खोजीमा परदेशिएका नेपालीहरूको दुःख, पीडा र संघर्षलाई गीतमा उतारिएको छ । युट्युव च्यानल ‘टुवेल्भ नोट्’ च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको हो ।
शेर्पाले लेखेका गीतहरु यसअघि पनि अत्यधिक रूचाइएका थिए ।
भिडियो