स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।
स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलका अनुसार स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको हो।
विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले बताए।
यसका साथै सोह समयमा कोरोना भाइरसबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।
यस्तै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयले तयारी गरेको छ।
नयाँ वर्ष २०७७ का अवसरमा घरघरमा ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ’ अभियान अन्तर्गत ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएको अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरेका थिए । एउटा एनजिओको कार्यक्रमलाई प्रधानमन्त्रीले समर्थन गरेको भन्दै त्यसमा सरकारको विरोध पनि भएको थियो ।
त्यस्तै बैशाख २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीको आग्रहलाई मान्दै धेरै नेपालीहरुले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गरेका थिए भने