आइतबार नेपालमा १ हजार ३९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा ९ हजार १ सय ६५ जनाको नमूना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
गत २४ घन्टामा देशभर रहेका अस्पताल र आइसोलेसन केन्द्रबाट १ हजार १ सय ७३ जना निको भएर घर फर्केका छन् ।
यसरी कोरोनाबाट निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।
थप ९ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।
अहिलेसम्म नेपालमा ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।