विश्वको सबैभन्दा बढी फेम र पैसा हुने उद्योग खेल र फिल्म जगत नै हो । कैयौंपटक यी दुई अलग अलग उद्योगबीच प्रेम सम्बन्ध पनि देखिएको छ । कैयौं क्रिकेटर र बलिउडका अभिनेत्रीहरुले विवाह गरेका छन् र वर्तमान अवस्थामा उनीहरु खुशीको जीवन बिताइरहेका छन् । त्यसो त यही क्षेत्रमा यस्ता कैयौं जोडी छन्, जो प्रेम चर्चामा थिए तर विवाहमा पूर्णता दिन सकेनन् ।
हार्दिक पाण्डेय ले मोडल नतासासँग इन्गेजमेन्ट गरे र उनीहरुको एउटा छोरा पनि छ । तर उनीसँग सम्बन्ध रहनुभन्दा अगाडि बलिउडका चर्चित अभिनेत्रीसँग लिभिङ रिलेसनसीपमा बसिसकेका छन् क्रिकेटर पाण्डे ।
भारतमा बलिउडकी अभिनेत्री र क्रिकेटरबीचको रोमान्स निकै पुरानो रहेको छ । कैयौ क्रिकेटरले अभिनेत्रीहरुसँग गरेको रोमान्स सधै समाचारको विषय बनिरहेको हुन्छ । यसै बीच पछिल्लो पटक क्रिकेटर हार्दिक पाण्डेयको रोमान्सको खबर मिडियाका हेडलाइन बन्ने गरेका छन् ।
आफ्नो रोमान्सका कारण हार्दिक मिडियामा छाइरहेका हुन्छन् । केहि समय अघि टेलिभिजन शो ‘कफी विथ करण’ मा महिला र आफ्ना गर्लफ्रेन्डहरुमाथि गरेको टिप्पणीका कारण निलम्बनमा समेत परेका हार्दिकको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिदै आएको छ ।
हार्दिकको नाम उर्वसी राउटेलासँग निकै जोडिएको थियो । दुवैलाई कैयौ पटक रेस्टुरेन्ट बाहिर समेत देखिएको थियो । मिडिया रिपोर्ट अनुसार दुवैको ब्रेकअप पछि हार्दिकले केहि समय अभिनेत्री अमयार दस्तुरसँग डेट गरेका थिए । इमरान हासमीसँग फिल्म मिस्टर एक्समा काम गरेकी अमायारा र हार्दिकको सम्बन्ध खुलेर बाहिर नआएपनि दुवैले करिब एक बर्ष डेट गरेको बताइएको छ ।
हार्दिक सर्बियाकि मोडल तथा अभिनेत्री नताशा स्टेनकोविकसँग अफ्येर्समा रहेको खबर पनि बाहिरिएको थियो । हार्दिक र नताशालाई दुवईमा देखिएको र धेरै जसो दुवैलाई सँगै देख्न थालिएको मिडिया रिपोर्ट प्रकाशित भएका थिए । हार्दिकले नतासालाई आफ्नो परिवारसँग समेत भेट गराएका छन् । नतासाले अहिलेसम्म फिल्ममा काम नगरेपनि नच बलिए, बिग बोस जस्ता रियालिटी शोमा काम गरेकी छन् ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।