नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद माथि प्रश्न उठाएका छन् । नाकाबन्दीको समयमा देखाएको राष्ट्रवादलाई हेरेर नेकपालाई जनताले दुइतिहाई मत दिएपनि अहिले आएर प्रधानमन्त्रीको राष्ट्रवादले जनताले झुक्किएको महशुस गरिरहेको बताए ।
बिशेष गरी एमसीसीको समर्थनमा उत्रिएपछि बिभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नुपर्छ भन्नेहरु दलाल भएको संज्ञा दिएका छन् ।
एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावलले एमसीसी पारित गर्न दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको समेत बताएका छन् ।
उनले भने, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’
नेता रावलसमेत एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले त्यसको खण्डन गर्दै यस्तो जवलफ दिएका हुन् ।
मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।
— Bhim Rawal, PhD (@BhimRawal179) September 12, 2020
यसबाहेक नेता रावलले एमसीसी पारित गराउन लागिपरेकाहरु दलाल भएको आरोप समेत लगाएका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्, ‘ यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’