२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २५ गते विहिवार अष्टमी तिथि मृगशिरा नक्षत्र चन्द्रमा वृष ०२ः४८ सम्म पछि मिथुन राशिमा
मेष राशि : इज्जत वृद्धि हुने खालको काम हुनेछ । आफ्नो तथा छरछिमेकको सहयोग प्राप्त हुनेछ। तीर्थ्रतको लागि उपयुक्त समय छ । आफ्नो लागि बोल्ने कराउने समय यही हो, विचार गर्नहोला खेलकूद तथा शारीरिक प्रतिस्पर्धामा सफलता मिल्ने छ। संयमित भइ कार्यअगाडि बढाउनु पर्नछ अरूकै बाहुबलमा कामबाट फाइदा होला। मन डराउने छ, निर्णय लिन पनि ढिलाइ गर्नाले कार्य ढिलाइ हुनसक्ने देखिन्छ ।
वृष राशि : सामाजिक कामको दायित्व बढ्ने छ । अरुबाट सम्पन्न नभएका सानाठूला सबै खाले काम तपाईको हातबाट सम्पन्न होला । कृषि तथा कृषि कर्मबाट प्रगति हुने देखिन्छ । विभिन्न मार्ग वाट धन आर्जन हुने समय छ। वैवाहिक तथा पारिवारिक जीवनमा रमाइलो वातावरण सिर्जना होला। राम्रा र मीठा कुरा सुन्न पाइने छ ।
मिथुन राशि : सन्तान प्राप्तिको प्रवल योग रहेको छ । विद्यार्थीरुको लागी समय राम्रो रहेको छ । प्रशस्त आर्थिक लाभ हुनुको साथै समाजमा आफ्नो छुट्टै पहिचान रहनेछ । गरेका कामहरु अलि अलि कठीन भए पनि सफलता हात लाग्नेछ । बिपरित लि ङ्गीबाट पूर्णसहयोग पाउनु हुनेछ । प्रेम प्रसंगमा भने विवादको सम्भावना रहेको छ । विशिष्ट व्यक्तिहरु सँग सम्बन्ध बड्न सक्छ । पदोन्नतीको सुअवसर पनि प्राप्त हुने देखिन्छ ।
कर्कट राशि : मान सम्मानमा वृद्धि हुनेछ । आफैले आँट नगर्दा कतिपय कुराहरु बिग्रन पनि सक्नेछन । आफन्त हरुसँग बिग्रेको सम्बन्धमा सुधारको महसुस गर्न पाउनु हुनेछ । पढाइमा लेखाईमा भने सोचेअनुरूप सफलता पाइने छैन । त्यस्तै शरिर पनि आलश्यमय रहने छ । मानसिक चिन्ताको कारणले कामहररुमा सुस्तता आउने पनि देखिन्छ सावधान रहनुहोला । अनावश्यक रुपमा खर्च पनि हुने देखिन्छ । धुम्न फिर्नमा मन जानेछ । प्रेम प्रसङ्ग र दाम्पत्य जीवन सुमधूर रहने छ ।
सिंह राशि : लेखन प्रकाशनसँग सम्बन्धित काममा सफलता मिल्ने देखिन्छ । शत्रु पराजित हुनेछन् । यात्राका क्रममा अलिक बढी नै खर्च हुने देखिन्छ । आम्दानीका प्रशस्त ढोकाहरु खुल्नेछन । ब्यापार व्यवसायमा कमी आएता पनि सोचेका योजनाहरु सफल हुनाले मन प्रशन्न रहनेछ । विलासिताका सामग्री किन्नमा मन जानेछ । धन प्राप्ति तथा विविध माङ्गलिक कार्यमा सहभागी हुनुहुनेछ । रोजगारी तथा पदोन्नतीको पनि प्रवल सम्भावना रहेको छ । स्वास्थ्यमा सुधान आउनेछ । मान्यजन हरुबाट पनि सहयोग पाउनु हुनेछ ।
कन्या राशि : व्यवहारिक एवं व्यवसायिक क्षेत्रबाट राम्ररी लाभ लिन सकिने छ प्रयास भने गर्नु होला । माया पीरतिका कुराहरुमा प्रगति होलान् । शत्रुहरु पनि तपाईंको गुणगान गाउन शुरु गर्नेछन् । सामाजिक तथा धार्मिक कामप्रति मन जानेछ । दानपुण्य गर्दा लाभ होला । बडो बुद्धिमत्तापूर्ण तरिकाले कामहरु गर्नु भए सफलता मिल्ने देखिन्छ । समयको ख्याल पनि गर्नु होला । स्वास्थ्यमा सामान्य गडबडी देखिएला ।
तुला राशि : समय मध्यम किसिमको छ । आजको दिन मनोरंजन पूर्ण रहनेछ । समाजका मान्य र उच्चपदस्थ व्यक्तिहरुबाट सहयोग मिल्नेछ । संगत अनुसार फल मिल्ला । थोरै परिश्रमले पनि ठूलो उपलब्धि हात लाग्नेछ । तर सामान्य कुरामा पनि विवाद उत्पन्न हुनसक्छ सावधान भने रहनु होला । यतिबेला बोलेर काम बन्ने जस्तो छैन । नबोलिकन काम गर्दा राम्रो छ । ज्ञानगुनका कुरा सिक्न पाइने छ । सामाजिक तथा धार्मिक क्षेत्रमा काम गर्न वातावरण बन्ल ।
वृश्चिक राशि : आज कुनै सांगितिक माहोलमा उपस्थित हुनुपर्ला । खाद्यान्नका विभिन्न परिकारहरु पनि प्राप्त होलान् । गरिराखेको कामबाट मन खिन्न होला, तर पनि नयाँ कामको सम्भावनाले आशा भने जगाउने देखिन्छ । प्रेमका रमाइला कुराहरु होलान् । आज तपाईंका विरोधीहरुले पनि तपाईंको प्रशंसा नगरी सुखै छैन । आफन्तबाट पनि राम्रो सदभाव प्राप्त हुने देखिन्छ । यात्राको क्रममा सानोतिनो ग्रहको प्रभाव परि नै रहने छ सावधान् रहनु होला ।
धनु राशि : विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा संलग्न हुनु पर्नेछ । अरुले पनि आज तपाईंको कामलाई राम्रो मान्नेछन् । पढाइ लेखाइ तिर भने त्यति मन जाने देखिन्न । नया काम भन्दा पुरानै कामको नियमिततालाइ नै जोगाइ राख्नु होला । इज्जत वृद्धि हुने बेला छ । सत्रु जति कराए पनि ठूलो नोक्सानी गर्नसक्ने छैनन् । शरिरमा सानोतिनो घाउ लाग्ला सावधान रहनु होला ।
मकर राशि : मिष्ठान्न भोजन प्राप्त गर्न सकिनेछ । भोज भत्तेर कै क्रममा विभिन्न इष्टमित्रसँग भेटघाट पनि होला । आजकै दिन आत्मबल बढाउने काम पनि हुने देखिन्छ । नयाँ ठाउको भ्रमण गर्ने बेला आएको छ । अनेक किसिमका नयाँ कामका बारेमा मनमा कुरा उब्जने पनि सम्भवना रहेको छ । सानातिना रोगबाट छुटकारा मिल्ने समय छ ।
कुम्भ राशि : साँस्कृतिक तथा सामाजिक कामको दायित्व बड्ने दिन छ । यतिबेला तपाईंंले गरेका कामको राम्रै इज्जत पनि होला । परिश्रमको मुल्याङ्कन समाजले राम्रै गर्ने देखिन्छ । पैसा कमाउने कुरामा नयाँ नयाँ बाटाहरु पनि पत्ता लाग्लान् । राम्रा व्यक्तिहरुसितको सम्पर्कले बिग्रन लागेका कामहरुमा पनि शुभ सङ्केतहरु देखिएलान् । भाइबन्धुहरुबाट राम्रै सहयोग मिल्नेछ । देशविदेश यात्राको लागि आवश्य पहल होला ।
मीन राशि : भोज भतेर तथा सामाजिक कार्या सहभागी बन्नु पर्ला । साथिभाईको प्रेरणाले केही काम गर्न मन लमग्ला । स्वास्थ्यमा सुधार हुनेछ । सानातिना अवरोध स्वतः हटेर जानेछन्। नयाँ विकल्पकबाट प्रगति गर्नसकिनेछ । तपाईंको विस्वासी स्वभावले तपाईलाई नजिककै मन्छेले ठ ग्न सक्छन् सावधान रहनु होला । परिवारमा रमाइलो वातावरण पनि होला । आर्थिक तथा सामाजिक कार्यमा समय खर्चनु पर्ला ।