एकदिन श्रीमान र श्रीमतीबीच झ गडा भयो, पतिले भन्दै थियो “म काज़ी हुँ काजी, यसैकारण यस शहरका मानिसहरूले मलाई सम्मान गर्छन् र तिम्रो सम्मान मेरो कारणले मात्र छ ।”
श्रीमतीले भनिन्, “भयो भयो रहन दिनुहोस, तपाईको इज्जत मेरो कारणले छ । यदि मैले चाहें भने, तपाईको इज्ज़त, सम्मान सबै एक मिनेटमा बिगार्न सक्छु र एक मिनेटमा नै सपार्न पनि सक्छु ।”
काजी उत्साहित भए । काजीले भने, “ठीक छ त्यसो भए, मेरो इज्जत बर्बाद गरेर देखाउ ।”
त्यतिबेला कुरा आयो गयो भयो, तर एकदिन साँझ काजीको घरमा, काजीका साथिहरुको भेला थियो, हाँसो ठट्टा भई रहेको थियो कि अचानक काज़ीले आफ्नो छोराको पुकार सुने । ऊ जोरले रोई रहेको थियो र काजीकी श्रीमतीले उसलाई नराम्रो सँग हप्काऊँदै थिईन । काजीले चर्को स्वरमा सोधे, “के भयो र किन चिच्याई रहेको छ छोरा ? तिमीले उसलाई किन यसरी हप्काऊँदै छौ ?”
श्रीमतीले भित्रै बाट भनिन, “हेर्नुहोस न, तपाईको छोराले पेट भरी खाई सक्या छ, फेरी पनि खिचडी मागिरहेको छ !”
काज़ीले भने, “देऊ न त थोरै, के भो त ।”
“घरमा अरु पनि त छन मान्छेहरु, सबै यसलाई नै कसरी दिउं?” श्रीमती बाट उत्तर आयो ।
सबै साथिहरु शान्त भए । फुसफुसाउन थाले कि यो कस्तो खालको काजी हो ? यसको घर मा एक सानो खिचडी को लागी झग डा हुन्छ ।
काजीलाई रिस उठ्दा देखेर, अब यो घरमा ठूलै झ गडा पर्छ भन्ठानेर सबै साथिहरु एक एक गरी चुपचाप उठेर गए ।
काजीले श्रीमतीलाई भने, “मानें मैले तिमीलाई, ल आज तिमीले मेरो इज्ज़त, सम्मान सब बिगार्यौ, मानिसहरूले पनि के के भनिरहेका थिए । अब तिमी यो सम्मान फिर्ता ल्याएर देखाउ ।”
श्रीमतीले भनिन्, “यसमा ठूलो कुरा के छ र, आज उत्सवमा सहभागी भएकाहरूलाई फेरि कुनै बहानामा दुई दिन पछि आमन्त्रित गर्नुहोस् ।”
काजीले आफ्ना तीं सबै साथीहरुलाई भेट्ने र रमाइलो गर्ने बहानामा फेरी बोलाए । सबै साथीहरू बसिरहेका थिए । हाँसो ठट्टा चलिरहेको थियो कि त्यहि काजीको छोराको रुने स्वर फेरी आयो । काजीले श्रीमतीलाई आवाज दिए र सोधे, “के भयो, हाम्रो छोरा किन रुँदै छ ?”
श्रीमतीले भनिन्, “हेर्नुहोस न यसले खिचडी खाने कुरामा जिद्दी गरिरहेछ ।”
आमन्त्रित साथीहरुले एक अर्काको मुख हेर्न थाल्छन् कि यस काजीको घरमा एक साधारण खिचडीको लागि दैनिक झ गडा हुन्छ ।
काजीले मुस्कुराउँदै भने, “ए…हो र ? त्यसोभए तिमी एक काम गर, खिचडी यहाँ ल्याऊ । म आफ्नै हातले आफ्नो छोरालाई दिन्छु र सबै पाहुनाहरूलाई पनि खिचडी खुवाउ ।”
श्रीमतीले भनिन्, “हुन्छ, म ल्याएर आऊँछु ।”
श्रीमती बैठकमा आईन्, पछाड़ी नोकर खिचड़ीको ताउलो टाउकोमा राखेर आउँदै थियो । ताउलो भुईमा राखे र छोरासित पाहुनाहरूलाई पनि खिचड़ी पस्किन थालिन् । काज़ीका सबै साथीहरू छक्क परे – पस्किएको खाना त दाल चामलको खिचड़ी छँदै थिएन ।
यो त, पिस्ता-काजू, बदाम, किशमिश, इत्यादिले बनेको विशेष पकवान थियो । अब मानिसहरु आफैंमा सोच्दै थिए कि यो खिचडी हो ? यदि काज़ीको घरमा यसलाई खिचडी भन्छन भने मिठाई के लाई भन्छन होला ? काजीको सम्मानमा चार चाँद लागि सकेका थिए । भोज खाई सकेपछि काजीका साथिहरु काजीको संपन्नताको बारेमा कुरा गर्दै त्यहाँ बाट बिदा भए ।
काजीले श्रीमतीको अगाडि हात जोड़े र भने, “मैले मानें कि घरको महिलाले सम्मान गर्न सक्छ भने सम्मान बिगार्न पनि सक्छ र जुन व्यक्तिले घरमा सम्मान पाऊँदैन त्यसले संसारमा कतै पनि सम्मान पाउँदैन ।”
–xx–
यो सिद्धान्त ब्रह्माण्डको सबै ठाउँमा लागू हुन्छ । अहं कारयुक्त जीवनमा, सृष्टिले जुन बेला पनि हाम्रो अहं कारलाई खुट्टा मुनि कुल्चिन सक्छ र नम्रतापूर्ण जीवनमा सबै ठाऊँमा हाम्रो सम्मान गर्न सक्छ । त्यसैले अहंकारलाई आजै बाट त्याग गरौं र नम्र बनौं ।