बुधवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रश्न गरे, ‘हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घोषणा गर्ने प्रजिअ र कोरोना संक्रमणको अद्यावधिक बाचन गर्ने प्रवक्ता मार्फत मात्र हो?’ उनले प्रश्न मात्रै गरेनन्, सुझाव पनि दिएका छन् । उनको सुझाव छ ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गो ली बर्साउने हैन, तपाईंहरू अगाडि आएर जनतासँग संवाद गर्नुस् ।’
सामाजिक सञ्जाल ट्वीटरमा उनले एउटा गम्भीर विषय पनि उठाएका छन् । उनले जुनसुकै बेला जनताको धैर्यताको बाँध फुट्न सक्ने बताउँदै लेख्छन् । ‘कृपया नागरिकको धैर्यताको जाँच गर्नुहोस् । कर्मचारीको काँधमा ब(न्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस्। यस्तै चलिरहने हो भने, नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् ।’
के हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घाेषणा गर्ने प्र.जि.अ.र काेराेना संक्रमणकाे अद्यावधिक गणना बाचन गर्ने प्रवक्ता मार्फत मात्र हो?@PM_Nepal @IshwarPokhrel @dhbhanu कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन,तपाईंहरु अगाडि आएर जनतासँग संवाद गर्नुस। pic.twitter.com/oOiaZxd9dr
— Gagan Thapa (@thapagk) September 9, 2020
हो बास्तवमा सरकार आइसोलेसनमा छ । कोरोना महामारीका कारण घोषित अघोषित लकडाउन भएको छ महिना बढी भयो । शुरुका एक दुई महिनामा ठाउँठाउँमा सरकार पनि देखियो । कुहिएकै सही राहतका नाममा चामल र दाल बाँडे ।
तर अहिले लाखौं श्रमिकले रोजगार गुमाएका छन् । लाखौंको चुलो बल्न छोडेको छ । बहाल तिर्न नसकेर कयौं डेराबाट निकालिएका छन् । सरकारले रोग र भोकबाट आहत नागरिकलाई सिडियो र प्रवक्ताको भरमा छोडिदिएको छ ।
भोको पेटले कोरोना चिन्दैन । लकडाउन मान्दैन । निषेधाज्ञा ठान्दैन । यो भोकले कुनै अप्रिय निर्णय लिन सक्छ । जनताको धैर्यताको बाँध कुनै पनि बेला फुट्न सक्छ । यो कुरा आइसोलेसनमा रहेको बालुवाटारले पनि बुझ्नुपर्छ।
यातायात मजदुरदेखि दैनिक ज्यालादारीमा काम गर्नेसम्म, विभन्न पेसा व्यवसायमा लागेर महामारीकै कारण चुलो निभेकाहरूका लागि सरकारले केही सोचेको देखिदैन । दिनहुँ औषधि खाएर प्राण धान्नुपर्ने दीर्घरोगीदेखि नियमित स्वास्थ्य उपचार पाउन नसकेर मृत्युको मुखमा पुग्न वाध्य अनि गर्भवती महिला, वालवालिकाहरूका बारेमा केही छैन । सडकमा दैनिक खानाको खोजीमा हिडिरहेका नागरिक भेटिन्छन् । खानबहाल तिर्न नसकेर सडक पेटीमै सुतेका नागरिक भेटिन्छन् । उपचार नपाएर अस्पताल जानै नपाइ ज्यान गुमाइरहेका छन्।
जीवन जिउनका लागि अन्य कुनै उपाय नदेखेर हजारौं मानिसहरु आत्मह(त्या गर्न विवश भएका छन्। रोगले भन्दा भोक र चिन्ताले धेरैको ज्यान गएको छ। जनताको भरोसामा तुषारापात भएको छ ।
नागरिक भोकभोकै मरिरहँदा गरिबी हटाउन बनाएको सरकार खोइ ? जनताको आवाज सुन्ने सरकार खोई ? जनताको भोक देख्ने सरकार खोई ? सडकमै सुत्न विवस जनताको आवाज सुन्ने सरकार खोई ? नागरिकले प्रश्न गरिरहेका छन्।
नागरिकहरू आफ्ना समस्यामा सरकार देख्न चाहन्छन् । आमनागरिकले भने आफूले खोजेको सरकार अझै फेला पारेका छैनन्।
लकडाउनमा ज्यानको जोखिम मोलेर निस्किएका भोका मानिसको भेलले सोधिरहेको छ– हाम्रो सरकार खोइ ? जनताको सरकार खोइ ? हामीले भोट दिएको सरकार खोइ ? हामीले न्याय पाउन खोजेको सरकार खोइ ? हामीले उपचार पाउन खोजेको सरकार खोइ ?
के गर्दै छ सरकार ?
सरकार भन्छ काम गरिरहेका छौं । सबै राम्रो भइरहेको छ । लकडाउन गरिएको समयावधिलाई सरकारले परीक्षणको दायरा बढाउने जस्ता काममा सदुपयोग गर्न सकेन । बरु पार्टीको आन्तरिक सत्ता खिचातानीमा लाग्यो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितताका कुराहरु आए । सरकार चुप भैदियो । सीमा विवादमा राष्टवादी बन्यो सरकार । राम जन्मभूमिका कुरा ल्याएर पनि केही समय जनता अल्मल्यायो सरकारले ।
ठोस कार्ययोजनाबिनै लकडाउन गरियो । पछि त्यसैगरी खुकुलो पारिएको र फेरि निषेधाज्ञा जारी भयो । जुन जारी छ।
लकडाउन भनेर उर्दी जारी गरे जस्तो त भयो, तर आफूले गर्नुपर्ने काम चाहिँ सरकारबाट भएन । लकडाउनको केही महिनामै सयौं किलोमिटर पैदल हिडेर मजदुरहरु घर पुगे। कतिले बाटोमै ज्यान गुमाए ।
करिब चार महिना जनताले धैर्यताका साथ पूर्ण रूपमा सरकारलाई सहयोग गरे । जनताको शालीनतामा सरकार दृष्टिभ्रममा प¥यो । आफूले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट सरकार ग्रसित हुन पुग्यो ।
सरकारबाट कुनै योजना आएन । निरन्तर हुँदै गएको लकडाउनको जनताले विरोध गरे र बिना तयारी खुलाइएको लकडाउन अहिले महँगो सावित हुँदै छ ।
अब भोको पेटले कोरोना चिन्दैन । लकडाउन मान्दैन। निषेधाज्ञा ठान्दैन। यो भोकले कुनै अप्रिय निर्णय लिन सक्छ । जनताको धैर्यताको बाँध कुनै पनि बेला फुट्न सक्छ।