धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुने हरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । यस अघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा सिल गरिएको छ ।
यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन लैजाने तयारी भइरहेको छ । हालसम्मको विवरण अनुसार धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ पुगेको छ ।
यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्र कुमार झाका अनुसार काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६३ पुगेको छ ।